कांग्रेस पालिका अधिवेशनः मध्यरातमा सकियो बागमती प्रदेशमा मतदान, केहीबेरमा मतगणना सुरु हुने

नेपाली कांग्रेसको शनिबार भएको प्रदेश अधिवेशन बागमती प्रदेशमा पनि सकिएको छ । मध्यरातमा बागमती प्रदेशमा मतदान सकिएको हो । 

मतदान सकिएसँगै अब त्यहाँ मतगणना सुरु गर्ने तयारी रहेको छ ।

हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा १० बजेसम्म तोकिएको मतदान अबेर राति सकिएको हो । ९१ प्दका लागि भएको मतदानमा २०८३ मत खसेको निर्वाचन समितिले फरकधारलाई जानकारी दिएको छ ।

बिहीबारबाट हेटौंडामा सुरु भएको प्रथम अधिवेशनमा १२४५ प्रदेश अधिवेशन प्रतिनिधि, ८७६ केन्द्रीय महाधिवेशन प्रतिनिधि र १६ केन्द्रीय सदस्य त्यसैगरी सुभेच्छुक संस्थाका १४ गरी जम्मा २१५१ जना अधिवेशन प्रतिनिधि रहेका छन् । 

आज भएको निर्वाचनमा ६८ मत खसेन ।

कांग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ, जगदीश नरसिंह केसी र भिमसेन दास प्रधान सहित ३ जनाको उम्मेदवारी परेको छ ।



त्यसैगरी उप–सभापतिमा ४ जनाको, महामन्त्रीमा ६ जनाको र सह–महामन्त्री महिला तर्फ ३ जना र सह–महामन्त्री खुल्ला तर्फ ७ जनाको उम्मेदवारी परेको छ। मतदान सकिएलगत्तै सभापतिको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद काफ्लेले फरकधारलाई जानकारी दिएका छन् ।



  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ०:२९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया