कांग्रेस गण्डकी अधिवेशन अपडेटः ६ सय मत गन्दा शर्मा अगाडि

नेपाली कांग्रेसको गण्डकी प्रदेशको नेतृत्व छान्न शनिबार भएको निर्वाचनको मतगणना जारी छ । शनिबार अबेर रातिबाट सुरु भएको मतगणनामा सभापति पदका उम्मेदवार शुक्रराज शर्माले ३ सय ८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी अर्जुन जोशीले २ सय ८८ मत ल्याएका छन् ।

शनिबार पोखरामा भएको मतदानमा एक हजार एक सय ४६ मत खसेको थियो ।

अधिवेशनमा उठेका शर्मा संस्थापन इतर अर्थात् रामचन्द्र पौडेल पक्षधर हुन् । त्यस्तै, जोशी सभापति शेरबहादुर देउवा निकट हुन् ।

कांग्रेसको नयाँ विधानअनुसार शनिबार प्रदेश अधिवेशन सुरु भएको हो । यो अधिवेशनबाट प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री निर्वाचित हुनेछन् ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार २:५१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया