कांग्रेस कर्णाली सभापतिमा ललितजंग शाही निर्वाचित

नेपाली कांग्रेसले पहिलो पटक संघीय संरचना अन्तर्गत आफ्नो पहिलो प्रदेश सभापति पाएको छ । शनिबार भएको अधिवेशनको मतगणना जारी रहँदा कर्णाली प्रदेशको मतगणनाको नतिजा आएको हो । 

कर्णाली प्रदेशमा प्रदेश सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका थिए– ललितजंग शाही, भूपेन्द्रजंग शाही र मोतिराज बम ।

अन्य दुई प्रतिस्पर्धीलाई पछाडि पार्दै ललित कांग्रेस कर्णाली प्रदेशका सभापति चयन भएका हुन् ।

यसको आधिकारिक घोषणा हुन भने बाँकी रहेको छ । ललित कांग्रेस सभापति शेरबहादुर देउवानिकट हुन् ।

देउवा पक्षधर नै सुदूरपश्चिम प्रदेशमा पनि अगाडि देखिएको छ । यता, गण्डकी प्रदेशको मतगणनामा भने संस्थापन इतरका उम्मेदवार अगाडि रहेका छन् ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार २:५९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया