कांग्रेस बागमती प्रदेश अधिवेशनः प्रारम्भिक मतगणनामा बानियाँको फराकिलो अन्तर

नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत बागमती प्रदेशमा शनिबार भएको मतदानको प्रारम्भिक मतगणनाको रिपोर्ट आएको छ । 

त्यहाँ सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले अग्रता लिएका छन् । उनीसँगै सभापतिको प्रतिस्पर्धामा जगदिश्वरनरसिंह केसी र भीमसेनदास प्रधान रहेका छन् ।

सभापति देउवानिकट बानियाँले ७ सय मत गणना हुँदा ३ सय ४० मत पाएका छन् । केसीले २ सय ७७ मत पाएका छन् । प्रधानले ५५ मत पाएका छन् । 

बानियाँ देउवा, केसी रामचन्द्र पौडेल र प्रधान कृष्णप्रसाद सिटौलानिकट हुन् ।

बागमतीमा शनिबार भएको मतदानमा कुल दुई हजार १५१ मध्ये दुई हजार ८३ मत खसेको थियो ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ३:१३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया