रेखा थापालाई हराउँदै राप्रपा महामन्त्रीमा कुन्ती शाही विजयी

राप्रपाको महाधिवेशनमा निकै चासोका साथ हेरिएकी अभिनेत्री रेखा थापा महामन्त्रीमा पराजित भएकी छन् । 

उनी कुन्ती शाहीसँग पराजित भएकी हुन् । कुन्ती २००८ मत प्राप्त गर्दै महामन्त्रीमा विजयी भएकी छन् । रेखाले १६४० मत पाएकी छन् । 

राप्रपाको एकता महाधिवेशनमा दुई जनाबीचको प्रतिस्पर्धालाई निकै रोचक तरिकाले हेरिएको थियो । कुन्ती कमल थापाको प्यानलबाट निर्वाचित भएकी हुन् । 

अध्यक्षमा विजय भएका राजेन्द्र लिङ्देनको पक्षबाट महामन्त्रीकी उम्मेदवार बनेकी रेखा ३६८ मतान्तरले पराजित भएकी हुन् । 

निर्वाचनअघि दुवैले एकअर्कामाथि व्यक्तिगत आक्षेप लगाउँदै आएका थिए । कुन्तीले राजनीति गर्न फिल्म खेल्न जस्तो सजिलो नभएको भन्दै चलचित्र क्षेत्रमै फर्किन सुझावसमेत दिएकी थिइन् । 

रेखाले पनि आफूले वैशाखमा अर्को चलचित्र निर्माण गर्न लागेको र त्यसमा आमाको भूमिका दिने भन्दै कुन्तीलाई जवाफ फर्काएकी थिइन् । 






  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ७:३५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया