राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्रीमा धवलशम्शेर राणा निर्वाचित भएका छन् ।
राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री पदको उम्मेदवार बनेका राणा २२२१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भास्कर भद्राले १५६७ म प्राप्त गरे ।
त्यस्तै, अर्को महामन्त्रीमा भवनकुमार पाठक विजयी भएका छन् । उनी श्यामप्रसाद तिमिल्सिना (१०६१) लाई हराउँदै १७०५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
महिलातर्फको महामन्त्रीमा कुन्ती शाही विजयी भएकी छन् । कमल थापाको प्यानलबाट चुनाव लडेकी उनी रेखा थापालाई हराउँदै महामन्त्रीमा विजयी भएकी हुन् । कुन्तीले २००८ मत प्राप्त गरिन् ।
रेखाले १६४० मत पाएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।