राप्रपा पदाधिकारीमा कमल थापाकै समूहको वर्चश्व, को-को भए निर्वाचित? (मतपरिणामसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारीमा अध्यक्षमा पराजित भएका कमल थापा पक्षकै वर्चश्व देखिएको छ । उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवार विजयी भएका छन् ।

खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् । उनी दुवै प्यानलबाट समेटिएका थिए । जसले गर्दा उनले सर्वाधिक २५२१ भोट ल्याए । 

त्यस्तै, अर्का उपाध्यक्षमा थापा प्यानलकै बुद्धिमान तामाङ विजयी भएका छन् । उनले १९४४ भोट ल्याए । त्यस्तै, थापा प्यानलकै ध्रुव्रबहादुर प्रधानले १८१४ मत ल्याउँदै उपाध्यक्षमा विजयी भएका छन् ।  

महिला उपाध्यक्षमा पनि थापा प्यानलकै रोशन कार्की १६८९ मत ल्याएर विजयी भएकी छन् । महामन्त्रीका प्रतिस्पर्धी लिङ्देन पक्षका धवलशम्शेर राणा २२२१ भोट ल्याएर विजयी भएका छन् । 

अर्को महामन्त्रीमा थापा पक्षकै भुवन पाठकले १८०५ मत प्राप्त गरे । महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाहीले २००८ मत ल्याएर विजयी हासिल गरेकी छन् । 

लिङ्देन पक्षबाट महिला महामन्त्रीकी उम्मेद्वार रेखा थापा भने पराजित भएकी छन् । उनले १६४० मत ल्याइन् ।  






  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ८:०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया