नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानमा मतगणना प्रदेश–१ मा अझै सुरु भएको छैन ।
कांग्रेस पार्टी कार्यालय मोरङमा बिहान ८ बजेदेखि गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । उमेदवार तथा पार्टीका नेताहरु मतगणना स्थलमा आइ नपुगेकाले मतगणना तोकिएकै समयमा गर्न नसकिएको निर्वाचन समितिका प्रमुख भरत थापाले बताए ।
नेताहरू आएपछि सुरु गर्ने उनले बताए । प्रदेश १ मा १७५२ मत खसेको छ । प्रदेशमा १८०४ मतदाता रहेका थिए । प्रदेश-१ मा संस्थापन समूहका उद्धव थापा र इतर समूहका गुरुराज घिमिरेबीच प्रतिस्पर्धा भएको छ ।
दुवै समूहले प्यानलसहित निर्वाचनमा होमिएका थिए । संस्थापन इतरको राम्रो पटक मानिएको प्रदेश-१ मा संस्थापन पक्षले भने नेता कृष्ण प्रसाद सिटौलाको साथ खोजेको थियो । थापा सिटौला समूहका हुन् ।
निर्वाचन समितिले अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएर विवाद हुँदा मतदान सुरु हुन ढिलाइ भएको थियो । प्रदेश सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान रोकिएको थियो ।
अर्को मतपत्र छाप्दा मतदान रोकिने भएपछि नेताहरुले नाम छुटेकालाई सर्वसम्मत गर्ने निर्णय गरेपछि बिहान ८ बजे हुने भनिएको मतदान दिउँसो २ बजेपछि मात्रै सुरु भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।