कांग्रेस नेता निधिले दिए राप्रपा अध्यक्ष लिङ्देनलाई बधाई, भने– राप्रपाबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण प्रक्रिया प्रारम्भ

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन् । 

‘राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा विजयी हुनु भएकोमा राजेन्द्र लिङ्देनलाई हार्दिक बधाईका साथै शुभकामना दिन चाहन्छु,’ निधिले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको सन्देश दिएको छ ।’ 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा उनको नेतृत्वको राप्रपाले सहयोग पुर्याउनेछ भन्ने बिश्वास आफूले लिएको निधिले जनाएका छन् ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १०:४७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया