छिमेकीको लुगा फिर्ता नगरेपछि श्रीमानले दिए डिभोर्स !
फरकधार / १९ मंसिर, २०७८

छिमेकीको लुगा चोरेको आरोप लगाउँदै इजिप्टका एक पुरुषले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन् । 



समाचार विवरणअनुसार २२ वर्षीया ती महिलाले बिदाको दिन छिमेकीको लुगा मागेर घुम्न गएकी थिइन् । तर, बिदा मनाएर फर्किएपछि पनि लुगा फिर्ता गरिनन्, जसकारण श्रीमान् उनीसँग रिसाएका थिए । लुगा फिर्ता माग्दा ती युवतीले छिमेकीलाई मानिस लगाएकी कुट्ने धम्की दिएकी थिइन् ।

लामो समयसम्म लुगा फिर्ता नगरेपछि छिमेकीले ती युवतीका श्रीमानलाई गुनासो गरेकी थिइन् । आफ्ना लुगा फिर्ता नदिए प्रहरीकहाँ उजुरी गर्ने बताएकी थिइन् । ‘छिमेकीले आग्रह गर्दा पनि पत्नीले लुगा फिर्ता गरिनन् । बरु उल्टै कुटिन्,’ उनका पतिले भने । 

श्रीमतीलाई छिमेकीको लुगा फेर्न बारम्बार आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर सम्बन्ध विच्छेदको निर्णयमा पुगेको उनले बताएका छन् । 



  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ११:३०:१९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया