कांग्रेस सुदूरपश्चिम : संस्थापन पक्षका बलायरको प्यालन नै विजयी
फरकधार / १९ मंसिर, २०७८

सुदूरपश्चिम प्रदेश कांग्रेस​ सभापतिमा वीरबहादुर बलायरको प्यानल नै विजयी भएको छ । बलायर ४ सय ८ मत अन्तरले विजयी भएका हुन् । 



पूर्वमन्त्रीसमेत रहेका उनले कूल खसेको १ हजार ३ मध्ये ६ सय ८८ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २ सय ८० मत मात्र प्राप्त गरेका छन् । बलायर संस्थापन र मिश्र संस्थापनइतर पक्षका हुन् ।

यस्तै, उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन् । चौधरीले ६ सय १० र अवस्थीले ५ सय २३ मत पाएका छन् । 



महामन्त्रीमा पनि देउवा पक्षकै नरनारायण शाह र मेघराज खड्का विजयी भएका छन् । शाहले ६४८ र खड्काले ६३५ मत पाएका छन् । 



सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका कुमारी चलाउनेले जितेका छन् । तीनैजना देउवा पक्षका हुन् । 

तीन जना सदस्य भने निर्विरोध चयन भएका थिए । शनिबार सम्पन्न भएको निर्वाचनको राति ९ बजे देखि नै मत गणना सुरु भएको थियो । 

पदाधिकारीको मतणना सकीएको हो भने ४९ जना सदस्य चयनका लागि भएको मतदानको परिणाम भने सार्वजनिक गरिएको छैन ।   

  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १२:२२:४१,   अन्तिम अपडेट : मंसिर १९, २०७८ आइतबार १२:२४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया