यु-१९ राष्ट्रिय क्रिकेट फाइनल : उपाधिका लागि सुदूरपश्चिमलाई २१३ रन आवश्यक

वाइवाइ पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश समक्ष २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान देव खनाल र विशाल विक्रम केसीले अर्धशतकीय पारी खेले । ९५ बलको सामना गरेका खनालले ५ चौका र ४ छक्काको मद्दतमा ७० रन बनाए ।

५१ रन जोडेका केसीले ६९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । दुर्गेश गुप्ताले ३२ र प्रज्ज्वल थापाले २४ रनको योगदान दिए । 

सुदूरपश्चिमका लागि आकाश चन्दले ३, हेमन्त धामी र शेर मल्लले २/२ तथा नरेन साउँद र राहुल भण्डारीले १/१ विकेट हात पर्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।   





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १३:१२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया