अध्यक्षमा हारपछि सामाजिक सन्जालमा ‘बर्बराएका’ कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । उनले राप्रपामा लामो समयदेखि विरासत धानिरहेका कमल थापालाई हराएका हुन् ।

यसअघिको राप्रपा महाधिवेशनमा थापाको प्यानलबाट नै महामन्त्रीमा निर्वाचित भएका थिए, लिङ्देन । तर, यसपटक उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै थापा निकै निराश देखिन थालेका थिए ।

कतिसम्म भने थापाले यो महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले खेल्न खोजेको आरोप पनि लगाए । अध्यक्षमा २२७ मतले पराजित भए पछि थापा सामाजिक सन्जाल ट्विटरमा ‘बर्बराउन’ थालेका छन् । यसअघि उनले निर्वाचनको परिणाम आएलगत्तै महाधिवेशनमा आफूलाई हराउन भूमिका खेलेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई व्यंग्य गरेका थिए ।

उनले ट्विटरमा नै पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले भूमिका खेलेको मात्र उल्लेख गरेका छैनन्, अब आफूले राजसंस्था बोक्नु पर्ने कुराबाट उन्मुक्ति पाएको समेत लेखेका थिए । 

अब फेरि उनले सामाजिक सन्जाल ट्विटरमा पनि हिमानी शाहको एउटा ट्विटरलाई कोट गरेका छन् । अनि त्यसमा उनले भनेका छन्, ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानी शाहलाई पनि हार्दिक बधाई तथा शुभकामना ।’ पूर्वयुवराज्ञी हिमानीले लिङ्देनलाई बधाई दिएको पोस्टलाई क्वोट गर्दै थापाले यस्तो लेखेका हुन् ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १४:२९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया