थप २०५ संक्रमित, एककाे मृत्यु

पछिल्लाे २४ घन्टामा नेपालमा थप २०५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १० हजार ७४७ जनाको कोरोना परीक्षण गर्दा थप २०५ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

यसैगरी पछिल्लाे २४ घन्टामा संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ । यससँगै नेपालमा काेराेनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ ।

यस्तै ४३६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ८ लाख ४ हजार ५४४ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा हाल ६ हजार ५०७ जना सक्रिय संक्रमित छन्।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १६:२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया