नेपाली कांग्रेस प्रदेश १ को सभापति पदमा युवा नेता गुरुराज घिमिरेले अग्रता लिएका छन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय उम्मेदवार हुन् ।
उनले ८३ मत पाएका छन् । प्रतिद्वन्द्वी उद्धव थापाले ७० मत पाएका छन् । प्रारम्भिक चरणमै घिमिरेले १३ मतको सुरुवाती अग्रता लिएका हुन् ।
सभापति पदका उम्मेदवार थापालाई पार्टीको संस्थापन अर्थात् सभापति शेरबहादुर देउवाको समर्थन छ । थापा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलापक्षीय नेता हुन् । यहाँ देउवा-सिटौला पक्षबीच गठबन्धन छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।