नेपाली कांग्रेसको बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गत भएको सभापतिको पुनः मतदान प्रक्रिया भर्खरै सकिएको छ । आइतबारको पुनः मतदानमा २०२५ जनाले मतदान गरेका छन् ।
यो संख्या हिजो खसेको मत भन्दा ५८ कम हो । वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको मतदानका लागि आइतबार साँझ ५ बजेसम्मको समय तोकिएको थियो।
हिजो भएको मतदानमा सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँ, जगदीशनरसिंह केसी र भीमसेन दास प्रधानले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आज दिउँसो पुनः मतदानको कार्य तालिका सार्वजनिक गरिएको थियो ।
सभापतिका उम्मेदवार भीमसेन दास प्रधानले इन्द्रबहादुर बानियाँलाई समर्थन गरेपछि बानियाँ र केसीबीच द्विपक्षीय प्रतिस्पर्धा भएको छ । अन्य पदाधिकारीको भने मतगणना भएको छैन ।
सभापतिको पुनः निर्वाचनको मतगणना केही समयमै सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।