कांग्रेसको प्रदेश १ : आठ सय मत गन्दा घिमिरे ४६ मतले अगाडि

नेपाली कांग्रेसको प्रदेश १ अधिवेशनअन्तर्गत शनिबार भएको मतदानको ८००  मत गणना हुँदा सभापतिमा गुरुराज घिमिरेको अग्रता कायम छ । 

सभापतिमा घिमिरेले ४०८ मत पाउँदा अर्का प्रत्याशी उद्धव थापाले ३६२ मत ल्याएका छन् । थापा संस्थापन पक्षको समर्थनमा कृष्ण सिटौला समूहबाट उममेदवार बनेका हुन् भने घिमिरे रामचन्द्र पौडेल समूहबाट उम्मेदवार छन् । 

यति मत गन्दा उपसभपतिमा रमेशजंग रायमाझी सबैभन्दा अगाडि छन् । रायमाझीले ३८९ मत प्राप्त गर्दा टंकप्रसाद राईले ३७३, गोविन्दप्रसाद ढुंगाना (केदार)ले ३४८ र विश्वनाथ रिजाल (त्रिलोचन)ले ३२४ मत पाएका छन् । 

त्यसैगरी महामन्त्रीमा उमेश थापा ३८५ मतका साथ अगाडि छन् । थापापछि पदमसुन्दर पालुंगवाले ३६१ मत पाएका छन् । महामन्त्रीमै दीपनकुमार श्रेष्ठले ३५८ र भूपेन्द्र राईले ३५७ मत पाएका छन् । 

त्यस्तै, सहमहामन्त्रीमा सीता कार्कीले ३७७ मत पाएकी छिन् भने प्रमिला कुमारी गछदारले ३६७ मत पाएकी छिन् । सहमहामन्त्रीमा खड्ग फागो ४६०, रोहितकुमार साह ३०४, विनोदकुमार बस्नेत ३४७, विरकाजी राई ३०६ र शुभचन्द्र राईले ३६ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार २०:३०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया