बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज मनी लान्ड्रिङ मुद्दामा पक्राउ परेकी छिन् । भारतको प्रवर्तन निर्देशालयले सो मुद्दामा उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनलाई प्रहरीले मुम्बई विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
प्रवर्तन निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ। अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेको छ।
प्रहरीका अनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए। प्रहरीले उनलाई विदेश जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।