बेलायतमा फेरि बढ्दै कोरोना, एकैदिन थपिए ४३ हजार बढी संक्रमित

बेलायतमा कोरोना संक्रमणको दर कम हुन सकेको छैन । गत २४ घण्टामा त्यहाँ सर्वाधिक ४३ हजार ९९२ जनामा संक्रमण पुष्टि भएको छ । 

त्यस्तै, बेलायतमा २४ घण्टा​को अवधिमा संक्रमणबाट ५४ जनाको मृत्यु भएको छ । त्यहाँ हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ६०५ पुगेको वर्ल्डोमिटर इन्फोले जनाएको छ । 

त्यस्तै, गएको २४ घण्टाको अवधिमा बेलायतपछि बढी संक्रमित फ्रान्समा थपिएका छन् । त्यहाँ यो अवधिमा ४२ हजार २५२ जनामा संक्रमण पुष्टि हुँदा २९ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टाको अवधिमा कोरोनाबाट सबैभन्दा बढी रसियामा १ हजार २०६ जनाको मृत्यु भएको छ । त्यहाँ सोही अवधिमा ३२ हजार ६ सय संक्रमित थपिएका छन् ।  

छिमेकी मुलक भारतमा २४ घण्टाको अवधिमा ८ हजार १५१ जना संक्रमित थपिएका छन् । सोही अवधिमा नेपालमा २ सय ५ जनामा संक्रमण पुष्टि हुँदा एक संक्रमितको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार ७:११:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया