इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र टोटेनहम विजयी

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहम विजयी भएका छन् । गएराति भएको खेलमा म्यानचेस्टरले घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसलाई १-० ले हरायो ।

युनाइटेडका लागि  ७७ औँ मिनेटमा फ्रेडले निर्णायक गोल गरे ।

अर्को खेलमा टोटेनहमले नर्विच सिटीलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदान टोटनहमलाई जिताउँन लुकास मौरा, डाभिन्सन सान्चेज र हिङ मिन सनले १–१ गोल गरे । 

जितसँगै म्यानचेस्टर युनाइटेड १५ खेलबाट २४ अंक जोडेर छैटौँ स्थानमा छ । पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १३औँ स्थानमा रहेको छ ।

अर्को खेलमा टोटेनहमले २५ अंक जोड्दै पाँचौ स्थानमा छ । पराजित नर्विच पुछारमा रहेको छ ।  





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार ७:२४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया