छिमेकीले चलाएको गोली लागेर युवकको मृत्यु
फरकधार / २० मंसिर, २०७८
फाइल तस्बिर

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गएराति एक युवकको मृत्यु भएको छ । 



जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेका छन् । 

शिकार खेल्न जङ्गल गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।



प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । पक्राउपर्ने गुरुङ मृतकका छिमेकी हुन् ।  



  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार ७:५४:६,   अन्तिम अपडेट : मंसिर २०, २०७८ साेमबार ७:५७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया