सुत्केरी अस्पताल जान निःशुल्क यातायातको व्यवस्था गर्दै मर्स्याङ्दी गाउँपालिका

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सुत्केरीका लागि निःशुल्क यातायातको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाको ८८ औँ बैठकले पालिका भित्रका सुत्केरीका लागि स्वास्थ्य केन्द्रसम्म पुग्ने निःशुल्क​ यातायातको व्यवस्था गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले गर्भवतीलाई स्वास्थ्य केन्द्रमै पुगेर सुत्केरी गराउन प्रोत्साहन गराउन यातायात खर्च व्यवस्थापन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । अझै पनि पालिकाभित्रका ग्रामीण बस्तीका महिला स्वास्थ्य केन्द्र नपुगी घरमै सुत्केरी गराउने भएकाले यस्तो निर्णय गरिएको उनले बताए ।

गाउँपालिकाले गर्भवती र  प्रसूति सेवा लिन पालिकाभित्रका बर्थिङ्ग सेन्टर वा स्वास्थ्य केन्द्रसम्म र पालिकाबाट जिल्ला अस्पताल सम्म पुग्नु परेमा पनि निःशुल्क​ यातायातको व्यवस्था गर्ने जनाएको छ ।

निःशुल्क​ यातायात सेवाका लागि गाउँपालिकाकै एम्बुलेन्स प्रयोग गर्ने वा एम्बुलेन्स सहज उपलब्ध हुन नसकेको अवस्थामा सम्बन्धित व्यक्तिले व्यवस्थापन गरेको सवारीसाधनको भाडा तिर्न सहयोग गरिने अध्यक्ष गुरुङले बताए ।  





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार ९:५२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया