दोस्रो टेस्टमा भारतकाे फराकिलो जित

न्युजिल्यान्ड विरुद्धको दोस्रो टेस्टमा घरेलु टोली भारतले ३७२ रनको फराकिलो जित हात पारेको छ । 

५४२ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले ५६.३ ओभरमा अल आउट हुँदै १६७ रन मात्र बनाउन सक्यो ।

न्युजिल्यान्डका लागि डेरिल मिचेलले अर्धशतकीय पारी खेल । ९२ बलको सामना गरेका उनले ७ चौका र २ छक्काको मद्दतमा ६० रन बनाए । हेनरी निकोलसले ४४, विल योङ्गले २० र रचिन रविन्द्र १८ रनको योगदान दिँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका लागि रविचन्द्रन आश्विन र जयन्त यादवले ४-४ र अक्षर पटेलले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।  

भारतले ७० ओभर ब्याटिङ गर्दै ७ गुमाएर २७६ रन बनाएर दोस्रो पारी समाप्तिको घोषणा गरेपछि न्युजिल्यान्डले विशाल लक्ष्य प्राप्त गरेको थियो । 

भारतका मयंक अग्रवालले ६२ रनको योगदान दिए । उनले १०८ बलको समाना गर्दै ९ चौका र १ छक्का प्रहार गरे ।



चेतेश्वर पुजार र शुभमन गिलले ४७/४७ रनको योगदान दिँदा अक्षर पटेल ४१ रनमा अविजित रहे।
 
न्युजिल्यान्डका लागि अजाज पटेलले ४ र रचिन रविन्द्रले ३ विकेट हात पारे । 

यसअघि मुम्बईस्थित वान्खडे स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारतले पहिलो पारीमा १०९.५ ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाउँदै ३२५ रन बनाएको थियो ।



भारतका लागि मयंक अग्रवालले १५० रनको उत्कृष्ट पारी खेले । ३११ बलको सामना गरेका उनले १७ चौका र ४ छक्का प्रहार गरे ।

५२ रनको पारी खेलेका अक्षर पटेलले १२८ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरे । शुभमन गिलले ४४ रन जोडे । 

न्युजिल्यान्डका लागि अजाज पटेल एक्लैले १० विकेट हात पारेका थिए । 

पहिलो पारीमा निकै खराब ब्याटिङ गरेको न्युजिल्यान्ड २८.१ ओभरमा मात्र ६२ रनमा समेटिएको थियो । 

न्युजिल्यान्डका लागि काइल जेमिसनले सर्वाधिक १७ र कप्तान टम लाथमले १० रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

न्युजिल्यान्डलाई सस्तैमा समेट्न रवीचन्द्रन आश्विनले ४,मोहम्मद सिराजले ३, अक्षर पटेलले २ तथा जयन्त यादवले १ विकेट हात पारे ।

पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।   

  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार ११:३१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया