अमेरिकाका एक सांसदले सामाजिक सञ्जालमा तस्बिर राख्दा आलोचनाको सामना गरिरहेका छन्।
तस्बिरमा सांसद र उनको परिवारले सैनिकले जस्तै बन्दुक लिएर उभिएका छन् ।
सांसद थोमस मास्सीले तस्बिर राख्दै लेखेका छन्, ‘मेरी क्रिसमस ! सान्टा कृपया हतियार लिएर आउनू!’
तस्वीर सार्वजनिक भएसँगै धेरैले यस तस्बिरको आलोचना गरेका छन् । यतिमात्र नभई उनकै पार्टी रिपब्लिकाका नेताले पनि चर्को विरोध गरेका छन् । धेरैले उनले असंवेदनशील तरिकाले व्यवहार गरेको जनाएका छन् ।
उनले तस्बिर राख्नुभन्दा एकदिन पहिला मिसिगनको एक स्कुलमा गोली चल्दा चार बच्चाको ज्यान गएको थियो । दुर्घटनामा सात जना घाइते भएका थिए । १५ वर्षीय छात्रले आफ्नो बुवाको बन्दुकबाट गोली चलाएका थिए ।
अमेरिकामा यस्ता खालका घटना पहिला पनि दाेहाेरिइरहेका हुन्छन् । अमेरिकामा बन्दुक राख्न पाइने नियम छ । यस घटनापछि भने बन्दुक राख्ने नि नराख्ने भन्ने विषयमा बहस भइरहेकाे छ।
Merry Christmas! 🎄
— Thomas Massie (@RepThomasMassie) December 4, 2021
ps. Santa, please bring ammo. 🎁 pic.twitter.com/NVawULhCNr
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।