संसदीय सुनुवाइ समिति बैठकमा सांसदले भने– राजदूत नियुक्ति समावेशी छैन

संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक सोमबार बसेको छ । प्रस्तावित राजदूतको सुनुवाइका लागि सोमबार समितिको बैठक बसेको हो । 

सो बैठकमा कांग्रेसकी सांसद पुष्पा भुसालले उजुरीको सूचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्नुपर्ने बताइन् । 

‘सुनुवाइ समितिले राजनीति नियुक्तिका लागि गरिने सिफारिसमा गम्भीर रूपमा लिनु जरूरी छ । उजुरी लिनुभन्दा पहिले नै समावेशिताको प्रश्न उठ्नुपर्ने हो । तर, प्रक्रियाअघि बढिसकेपछि बोल्नु अलि उपयुक्त हुँदैन,’ उनले भनिन् ।

एमाले सांसद सुमनराज प्याकुरेलले राजदूत नियुक्तिमा समावेशीबारे प्रश्न उठाएका छन् । 

‘राजदूत नियुक्ति समावेशी छैन । समावेशी नगरी गरिने राजदूत नियुक्तिमा समितिको ध्यान जानुपर्छ । समावेशिताको प्रश्न गम्भीर उठ्यो, के कसो सरकारसँग जानकारी मागौँ । अर्को बैठक बसेर सुनुवाइ अगाडि बढाउँ,’ उनले भने । 

समितिका सभापति लक्ष्मणलाल कर्णले यो विषय अहिले थाती राखेर निर्णय प्रक्रियामा जाने र बाँकी कुरा कानुन बमोजिम हुनेछ बताए ।  



‘राजदूत नियुक्तिमा कानुन बमोजिम मात्रै भनेको छ । अब आउनेमा समावेशी गर्ने हो । यसको जवाफ विगतका सरकारबाट आएन । यो विषय अहिले थाती राखेर निर्णय प्रक्रियामा जान्छौं,’ उनले भने, ‘बाँकी कुरा कानुन बमोजिम हुनेछ । समावेशी विषयमा हामी आफैं चिन्तित छौं । धेरैपल्ट सरकारलाई निर्देशन गरिसक्यौँ । सरकारले के गर्ने हो थाहा छैन । यसको हामी सुनुवाइ गरेर निर्णय गरौं ।’ 



  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १२:५८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया