तीन तहको चुनाव एकैसाथ हुन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीन तहको चुनाव एकैसाथ हुने बताएका छन् । उनले अर्ली इलेक्सनको सम्भावना नभएको भन्दै अब एकैसाथ निर्वाचन हुने बताएका हुन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले सत्ता गठबन्धन दलभित्र उपनिर्वाचनमा नजाने भन्ने बारेमा पनि छलफल भइरहेको बताए । उपनिर्वाचनमा जाँदा खर्च बढ्ने हुने भएकोले अब तीन तहको निर्वाचनमा गएर उपनिर्वाचनमा नजाने भन्ने बारेमा पनि दलहरूभित्र कुरा भएको बताए । 

नेपालले निर्वाचनसम्म गठबन्धन नटुट्ने दाबी गरे । उनले राष्ट्रियसभाको चुनावमा तालमेल गरेर जाने सहमति भइसकेको पनि जानकारी दिए । 

नेपालले सर्वोच्च अदालतको बारेमा गठबन्धनभित्र छलफल नभएको पनि बताए । उनले अदालतभित्रको समस्या त्यहीँ समाधान गर्नुपर्ने आफ्नो मान्यता रहेको बताए । 

नेपालले संवैधानिक परिषदको अध्यक्ष प्रधानमन्त्री हुने भएकोले प्रधानमन्त्रीले समय नदिँदा अदालतको बारेमा निर्णय हुन नसकेको पनि बताए । 





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १३:२६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया