थप २६५ संक्रमित, २ जनाकाे मृत्यु

पछिल्लाे २४ घन्टामा नेपालमा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ६१७ जनाकाे नमुना परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

पछिल्लाे २४ घन्टामा थप दुई काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । यससँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ हजार ५४३ पुगेकाे छ ।

यसैगरी थप ३५७ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर हाल ६ हजार ३८६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ।
 





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १६:४७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया