टि-२० वरीयतामा नेपालको स्थान यथावत

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेका नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेकाे छ ।

आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १८७ रेटिङ प्वाइन्टका साथ १२औं स्थानमा यथावत रहेको हो ।

२७५ रेटिङ प्वाइन्टका साथ इंग्ल्यान्ड शीर्ष स्थानमा कायम रहँदा दोस्रो स्थानको भारतले २६७ रेटिङ प्वइन्ट प्राप्त गरेको छ । 

पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अस्ट्रेलिया, अफगानिस्तान,श्रीलंका, वेस्ट इन्डिज र बंगलादेश क्रमशः तेस्रो देखि १०औं स्थानमा छन् । 

एकदिवसीयतर्फ नेपाल ३० रेटिङ प्वाइन्टका साथ १६औं स्थानमा रहँदा १२१ रेटिङ प्वाइन्ट प्राप्त गरेको न्युजिल्यान्ड शीर्ष स्थानमा छ ।
 
इंग्ल्यान्ड, अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, वेस्ट इन्डिज, श्रीलंका र अफगानिस्तान क्रमश: दोस्रो देखि १०औं स्थानमा छन् ।

टेस्टतर्फ भारत १२४ रेटिङ प्वाइन्टका साथ शीर्ष स्थानमा उक्लिँदा दोस्रो स्थानको न्युजिल्यान्डले १२१ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ ।
 
अस्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, बंगलादेश र जिम्बावे क्रमश: तेस्रो देखि १०औँ स्थानमा छन् ।  





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १७:११:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया