सर्वसम्मत सभापतिको उम्मेदवार छान्न बोहोराटारमा पौडेल समूहको बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो समूहबाट सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार छान्ने तयारी गरेको छ । 

सो प्रयोजनका लागि सोमबार साँझ पौडेल निवास बोहराटारमा उक्त समूहका नेताहरू छलफलमा जुटेका छन्। 

पौडेलपक्षबाट उनीसहित शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सभापति पदका आकांक्षी छन्। चारजनामध्ये एकजनालाई सर्वसम्मत सभापतिको उममेदवार बनाउने गरी छलफल गरिएको पौडेलनिकट स्रोतको भनाइ छ । 

संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवा फेरि उठ्ने तयारीमा छन्। सो पक्षबाट उपसभापति विमलेन्द्र निधिले पनि सभापतिका लागि तयारी गरेका छन् । 

पौडेल पक्षले एक मात्र उम्मेदवार दिने बताइरहे पनि सबै आकांक्षीले आफैँलाई केन्द्रमा राखेका कारण सहमति जुट्न सकेको छैन।

कांग्रेसको महाधिवेशन सुरु हुन एक साता पनि बाँकी छैन । पौडेलले सर्वसम्मत रूपमा सभापति उम्मेदवार छान्न बैठक बोलाएका हुन्।





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १८:२३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया