एमसिसी लिने-नलिनेबारे नेपाल सरकार प्रस्ट हुनुपर्छ : प्रस्तावित राजदूत खत्री

अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले एमसिसी लिने वा नलिनेबारे नेपालले अमेरिकालाई प्रस्टसँग भन्नुपर्ने बताएका छन् ।

सोमबार संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत खत्रीले एमसिसीबारे नेपाल र अमेरिका दुवै देशका अधिकारीले भ्रम फैलाउने काम गरेको दाबीसमेत गरे । 

सो सम्झौंतालाई इन्डो–प्योसेफिक स्ट्राटिजीसँग जोडेर हेर्न नहुने भन्दै प्रस्तावित राजदूत खत्रीले एमसिसी अनुदान भएको र ऋण तिर्नु नपर्ने स्पष्ट पारे ।

यो सम्झौता दुई मुलुकबीचको पार्टनरसिपमा अगाडि बढ्ने उनको बुझाइ थियो । उनले भने, ‘लिने हो भने पनि प्रस्ट भने हुन्छ । नलिने हो भने पनि प्रस्ट भने हुन्छ ।’

प्रस्तावित राजदूत खत्रीले संसदीय समितिलाई अमेरिकाले एमसिसीबारे पछिल्लोपटक प्रस्ट पारेको पनि बताए । 





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १८:४६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया