बैतडी जिप दुर्घटना : चार जनाको मृत्यु
रिदम सिंह
फरकधार / २० मंसिर, २०७८

बैतडीमा जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटनामा परेको हो । 

मृतक र घाइतेहरुको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परेर अन्य ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । अहिले घाइते सबैलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको प्रहरी निरीक्षक शाहीले बताए ।

दुर्घटनामा परेर  ज्यान गुमाउनेमा पाटन ७ कैलपाल माइत भएकी २० वर्षीया मनीषा विक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराई रहेका छन् ।





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १९:५७:५७,   अन्तिम अपडेट : मंसिर २०, २०७८ साेमबार १९:५८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया