पौडेल समूह बैठक : साझा उम्मेदवार छान्न सबै सहमत, छाड्न कोही भएन तयार

नेपाली कांग्रेसको महाधिवेशन सुरु हुन चार दिन मात्रै बाँकी रहँदा सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु आन्तरिक छलफलमा जुटे । सभापतिका आकांक्षी चार नेताबीच साझा उम्मेदवार छान्ने विषयमा सहमति भए पनि कसलाई उममेदवार बनाउने भन्ने विषयमा भने सहमति हुन सकेन । 

हालसम्म ६ वटा प्रदेशमा अधिवेशन सम्पन्न भएको छ । तीमध्ये पौडेल समूहले चारवटा प्रदेशमा पराजय भोगेको छ । 

सोही विषयमा समीक्षा गर्न र उममेदवार चयन गर्न सभापतिका आकांक्षी वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सोमबार साँझ बोहराटारमा छलफलमा जुटेका थिए । 

मंगलबार पुनः आफ्नो समूहका केन्द्रीय सदस्यहरूसहित बसेर छलफल गर्ने उनीहरुबीच सहमति भएको छ । त्यसका लागि मंगलबार दिउँसो १ बजे बैठक राखिएको एक नेताले बताए । 





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार २२:३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया