४ सय ८० करार प्राध्यापकलाई स्थायी गर्ने त्रिविको आत्मघाती निर्णय कार्यान्वयन नगर्न पाँच उपकुलपतिको आग्रह

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरुले आन्तरिक प्रतिस्पर्धाबाट प्राध्यपकलाई स्थायी गर्ने निर्णय खारेज गर्न  माग गरेका छन्। 

सोमबार ५ जना पूर्वउपकुलपतिहरुले विज्ञप्ति निकालेर ‘त्रिविको आत्मघाती निर्णय कार्यान्वयन नगर्न’ भन्दै विश्वविद्यालयसभाको ध्यानाकर्षण गराएका छन्।

यस्तो अपिल गर्ने पाँच पूर्वउपकुलपतिमा केदारभक्त माथेमा, नवीनप्रकाशजंग शाह, महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी र हिराबहादुर महर्जन छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गरेर विश्वविद्यालयसभाको आत्मघाती निर्णय कार्यान्वयन नगर्न अपिल गरेका हुन्।

यसअघि त्रिवि सभाको बैठकले १० वर्षदेखि कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न त्रिविको नियम संशोधन गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले ४ सय ८० करार प्राध्यापकलाई स्थायी गर्ने निर्णय गरेको हो ।





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार २२:७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया