पाकिस्तानको बाल्टिस्तानमा हेलिकोप्टर दुर्घटना, दुई पाइलटको मृत्यु

पाकिस्तानको बाल्टिस्तानमा हेलिकोप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको छ । 

बाल्टिस्तानको घाँचे जिल्लाको सियाचन क्षेत्रमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको हो । 

दुर्घटनामा मेजर जिशान जहानजेब र  इरफान वर्चाको मृत्यु भएको इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) ले जनाएको छ । 

दुर्घटनाबारे थप अनुसन्धान सुरु भएको छ । हेलिकोप्टरलाई लडाकुले हमला गरेको हुनसक्ने अनुमानसमेत गरिएको छ ।  





  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार ६:४८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया