\
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, बिहान पहाडी भू-भागमा आंशिक बदली रही थोरै क्षेत्रमा हुस्सु/कुहिरो लागेको छ ।
दिउँसो प्रदेश-१, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश-१ र बागमतीका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश-१, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
राति प्रदेश-१ र बागमतीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१ र बागमतीका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।