ताप्लेजुङमा ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

ताप्लेजुङमा झन्डै ५० हजार नागरिकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार ४९ हजार ६ सय ४९ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार सबैभन्दा बढी भेरोसेल खोप लगाएका छन् । ३० हजार ६ सय ६ जनाले भेरोसेल खोपको दुबै मात्रा (डोज) लगाएका छन् ।

कोभिशिल्ड-एक्सट्राजेनेका खोपको दुबै मात्रा लगाउनेको संख्या १३ हजार १ सय ९३ छ । ५ हजार ८ सय ५० जनाले एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन् ।

१९ हजार १ सय २० जनाले कोभिशिल्ड-एक्सट्राजेनेका खोपको पहिलो मात्रा र ३३ हजार ३ सय ५५ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् ।

यसरी ५ हजार ९ सय २९ जनाले कोभिशिल्ड-एक्सट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेको पाइएको छ ।  

२ हजार ७ सय ४९ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन बाँकी छ । कोरोनाविरुद्धको खोपको पहिलो मात्रा मात्र लगाउनेको संख्या ८ हजार ६ सय ७८ रहेको पाइएको छ ।  





  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार ७:३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया