अमेरिकामा २४ घण्टामा ८१ हजारमा कोरोना पुष्टि, रसियामा ११८४ संक्रमितको मृत्यु

गत २४ घण्टामा अमेरिकामा ८१ हजार कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा त्यहाँ ५६४ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

त्यस्तै, गत २४ घण्टामा बेलायतमा ५१ हजार ४ सय, जर्मनीमा ३९ हजार, रसियामा ३२ हजार, टर्की र नेदरल्यान्ड्समा २०/२० हजार जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी रसियामा कोरोनाबाट मृत्यु भएको छ । 

त्यहाँ यो अवधिमा १ हजार १८४ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्स इन्फोले जनाएको छ । गएको २४ घण्टामा भारतमा ६ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको छ । 

यो अवधिमा नेपालमा २३८ जनामा संक्रमण पुष्टि हुँदा दुई संक्रमितको मृत्यु भएको छ । यीमध्ये दुईजना ओमिक्रोन भेरियन्ट संक्रमित हुन् ।





  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार ७:२९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया