साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउनका लागि नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गर्दैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली दिउँसो पौने दुई बजे ढाका प्रस्थान गर्ने जनाकारी दिएको छ ।
च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ सम्म ढाकामा आयोजना हुनेछ । एन्फाले ढाका जाने टोलीलाई सोमबार नै बिदाइ गरेको थियो ।
च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्यीय टिमको घोषणा गरिसकेका छन् ।
नेपाल अघिल्लो संस्करणको उपविजेता टोली हो । प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् ।
नेपालले आफ्नो पहिलो खेल आयोजक बंगलादेशविरुद्ध डिसेम्बर ११ मा खेल्नेछ । नेपालले दोस्रो खेलमा श्रीलंका तथा तेस्रो खेलमा भुटानको सामना गर्नेछ ।
यी खेल डिसेम्बर १५ र १७ मा हुनेछन् । नेपालले चौथो तथा अन्तिम खेलमा भारतसँग डिसेम्बर १९ मा प्रतिस्पर्धा गर्नेछ ।
सिङ्गल राउन्ड रोबिनमा खेलाइने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।