बर्सेनि १५ करोड मानिसलाई पुग्ने खानेकुरा फाल्छ अमेरिका

अमेरिकाले उत्पादन हुने खानेकुराको एक तिहाइ खानेकुरा फाल्ने गरेको छ । अमेरिकाको वातावरण संरक्षण सम्बन्धी निकाय इपिएचले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएको हो । 

अमेरिकाले यसअघि सन् २०३० सम्म  खाद्यन्न फोहर आधा कटौती गर्ने प्रतिबद्धता जनाएको थियो । 

खाद्यन्न हिनामिना गर्दा लाखौं डलर नोक्सान हुने र यसले जलवायु परिवर्तनमासमेत असर गर्छ । ठूलो परिणाममा खाद्यन्न फोहर ल्यान्डफिल साइटमा फाल्दा यसले वातावरणमा असर गर्ने मिथेन ग्यास उत्सर्जन गर्ने वैज्ञानिकहरूले बताउँदै आएका छन् । 

‘सन् २०१५ मा पेरिस सम्झौतामा उल्लेख भएबमोजिम विश्व तापमानलाई १ दशमलव ५ मा झार्न अमेरिकामा खाद्य प्रणालीमा परिवर्तन गर्न आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ । 

‘जिवास्मबाट निस्कासन हुने इन्धन रोक्न सके पनि खाद्य फोहोर फाल्ने अहिलेको प्रवृत्तिले विश्व तापमानलाई १ दशमलव ५ मा झार्ने लक्ष्य प्राप्त गर्न सक्दैन,’ प्रतिवेदनमा भनिएको छ । अमेरिकामा वर्षेनी ७ करोड ३० लाख देखि १५ करोड २० लाख मेट्रिक टन खाद्यन्न खेर जाने गरेको भन्दै यो खाद्यान्नले बर्सेनि १५ करोड मानिसलाई खान पुग्ने इपिएचले जनाएको छ । 

सन् २०१५ मा अमेरिकाको कृषि मन्त्रालय र इपिएचले निजी क्षेत्र र सामुदायिक संगठनहरुको सहकार्यमा खेर जाने खाद्यान्नलाई सन् २०३० सम्म आधाले घटाउने घोषणा गरेका थिए । तर, पनि सफलता प्राप्त गर्न सकेका छैनन् ।  



सन् २०१० मा अमेरिकामा उत्पादन हुने कुल खाद्यान्नको ३१ प्रतिशत खाद्यन्न खेर जाने गरेको थियो । 



  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार ९:१४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया