निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा सन्तोष कटुवाल

निर्माण व्यवसायी संघ इलामको नवौँ अधिवेशनबाट सन्तोष कटुवाल अध्यक्षमा निर्वाचित भएका छन् । 

अध्यक्षका अर्का प्रत्यासी डिल्ली खनाललाई ९ मतले पराजित गर्दै कटुवाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

कटुवालले ९९ मत पाएका छन् भने खनालले ९० मत प्राप्त गरेका छन् । निर्वाचित भएपछि कटुवालले अध्यक्षको रूपमा अघि सारेको एजेण्डालाई कार्यान्वयन गर्ने समेत प्रतिबद्धता जनाए । कटुवालले २०५२ सालदेखि निर्माण  व्यवसाय थालेका हुन् । 

उनी हाल विष्णु निर्माण सेवाका सञ्चालक हुन् । यसअघि उनी दुई पटक उपाध्यक्ष र एक पटक केन्द्रीय प्रतिनिधि भएका थिए । 

अध्यक्षमा बाहेक पदाधिकारीमा भने सर्वसम्मत चयन भएका छन् । संघको उपाध्यक्षमा निरोज राउत, सचिवमा वीरेन्द्र कार्की, सहसचिवमा दिनेश खड्का र कोषाध्यक्षमा सन्तोष भक्तराज निर्वारोध चयन भएका हुन् । 

संघको कार्यसमिति सदस्यहरूमा नवीनकुमार तामाङ, मञ्जु कार्की, प्रकाशमान कडेरिया, सिजन देवान, सुजन अधिकारी र सूर्य कार्की निर्वाचित भएका छन् ।  





  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १३:५१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया