दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या अप्रत्यासित रूपमा बढ्यो

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरू बिरामीले भरिएका छन् । अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामापोसाले सम्पूर्ण नागरिकलाई खोप लगाउन आह्वान गरेका छन् । यसअघि दैनिक १६ हजार संक्रमित भेटिने गरेकोमा पछिल्लो २४ घन्टामा दक्षिण अफ्रिकामा २३ हजार संक्रमित भेटिएका छन् ।

दक्षिण अफ्रिकाको सरुवा रोगका लागि राष्ट्रिय संस्था (एनआइसीडी) का अनुसार पछिल्लो समयमा संक्रमणमा भएको वृद्धि अप्रत्यासित हो । देश कोभिडको चौथो लहरमा प्रवेश गरिसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 'दुर्भाग्यवश अहिले दैनिक अस्पताल भर्ना हुने बिरामीको संख्या दोब्बरले बढेको छ,' संक्रमक रोग विज्ञ इयान साने भन्छन् ।

संक्रमितको संख्यामा वृद्धि भएकोले त्यसका लागि तयारी हुन उनले अस्पताललाई आग्रह गरेका छन् । अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

दक्षिण अफ्रिकाको मेडिकल रिसर्च काउन्सिलका प्रमुख डा फरिद अब्दुल्लाहले जोहेनसवर्ग र तास्वानेमा अस्वभाविक रूपमा संक्रमित बढेको बताएका छन् । देशकै सबैभन्दा ठूला सहर रहेको गउटेन प्रान्तमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

अधिकांश बिरामीले खोप नलगाएको र डरलाग्दो संख्यामा बालबालिका संक्रमित भएको चिकित्सकहरूले बताएका छन् । 





  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १३:५६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया