प्रकाशमान निवासमा कांग्रेस संस्थापन इतरको बैठक सुरु, सभापतिको साझा उम्मेदवारको टुंगो लाग्नसक्ने
फरकधार / २१ मंसिर, २०७८

सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको छ । 



केही समयअघि मात्र इतर समूहका केन्द्रीय सदस्यहरूसहितको बैठक सुरु भएको हो ।

बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा. शेखर कोइराला, बलबहादुर केसी, महेश आचार्य, दीपक गिरी, हृदयराम थानी, डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, रामकृष्ण यादवलगायत उपस्थित छन् ।



इतर समूहमा सभापतिका आकांक्षी धेरै छन् । पौडेल, सिंह, डा. शेखर र डा. शशांकले सभापतिको उम्मेदवार आफू भएको भन्दै प्रचार अभियान नै सुरु भएको छ । 



इतर समूहमा धेरै आकांक्षी हुँदा नेताहरूबीच मत नमिल्दा फेरि पनि सभापतिमा शेरबहादुर देउवा नै दोहोरिने भन्दै इतर समूहका युवा नेताहरूले दुई दिनभित्र सभापतिका साझा उम्मेदवार तय गर्न नेतृत्वलाई अल्टिमेटम दिएको छ । सोहीअनुसार मंगलबार दिउँसो इतर पक्षको बैठक प्रकाशमान निवासमा बसेको हो ।

अहिले सभापतिसहित पदाधिकारीको टिम कसरी बनाएर जाने भन्ने विषयमा छलफल भइरहेको छ ।  

  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १४:२:५९,   अन्तिम अपडेट : मंसिर २१, २०७८ मंगलबार १४:५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया