च्याम्पियन्स लिगमा रियल मड्रिड र इन्टर मिलान भिड्दै

च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा स्पेनिस क्लब रियल मड्रिडले अज इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ ।

समूह ‘बी’ को खेल नेपाली समयअनुसार राति पौने २ बजे रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । 

दुवै टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेकाले यो प्रतिष्ठाको लडाइका रूपमा रहेको खेल हो । यो खेलले समूह विजेताको टुङ्गो लगाउनेछ । दुवै टोली जितका साथ समूह विजेता बन्ने लक्ष्यमा छन् । 

जित वा बराबरीले रियल शीर्ष स्थानमा रहनेछ भने हारले इन्टर समूह विजेताका रूपमा नकआउट चरणमा पुग्नेछ ।

लयमा रहेको रियलविरुद्ध उसैको मैदानमा जित निकाल्न इन्टरलाई त्यति सहज भने हुने छैन त्यस्तै आजको खेलमा रियल पनि आफ्ना मुख्य खेलाडी करिम बेन्जिमाबिनै मैदान उत्रिने सम्भावना छ । 

लिगका दौरान घाइते भएका बेन्जिमा आज मैदान उत्रिने सम्भावना निकै कम रहेको विभिन्न सञ्चार माध्यमले बताएका छन् । 



च्याम्पियन्स लिगमा हालसम्म यी दुईले १२ खेलमा एक अर्काको सामना गरेका छन् । जसमा रियल ६ र इन्टर ५ खेलमा विजयी हुदा १ खेल बराबरीमा सकिएको छ । 

सन् १९६३–६४ सिजनको फाइनलमा भएको पहिलो भेट इन्टरले ३–१ ले आफ्नो पक्षमा पार्दा यही सिजनको पहिलो लेगमा रियल १–० ले विजयी भएको थियो । 



इतिहास हेर्दा समान स्तरका यी दुई टोलीले एक अर्कालाई कडा टक्कर दिने अनुमान लगाउन सकिन्छ । 

यही समूहको अर्को खेलमा शाख्तर डोनेक्सले सेरिफको समान गर्नेछ । लिग अन्तर्गत आजै हुने समूह ‘बी’का खेलमा लिभरपुलले एसी मिलान तथा एथ्लेटिको मड्रिडले एफसी पोर्टोको सामना गर्नेछन् ।   

  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १४:७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया