विद्यार्थीमा कोरोना देखिएपछि बैतडीको भूमेश्वर मावि बन्द

विद्यालयमा कोरोना देखिएपछि बैतडीमा विद्यालय बन्द गरिएको छ । बैतडीको पाटन नगरपालिका ४ स्थित भूमेश्वर माविमा अध्ययनरत विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय तीन दिनका लागि बन्द गरिएको हो । 
आज एक छात्रामा कोरोना पुष्टि भएपछि मंसिर २४ गते सम्मका लागि विद्यालय बन्द गरिएको भूमेश्वर माविले जनाएको छ ।

संक्रमित विद्यार्थीको सम्पर्कमा रहेका विद्यार्थी र शिक्षकहरुको कन्ट्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गर्नुपर्ने भएकाले थप तीन दिन विद्यालय बन्द गरिएको विद्यालयकी शिक्षिका सुशीला भण्डारीले बताइन् । 

यसअघि सोही विद्यालयमा अध्ययनरत एक छात्रामा मंसिर १७ गते कोरोना देखिएपछि मंसिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो । आज थप एक छात्रामा कोरोना देखिएपछि विद्यालय फेरि तीन दिनका लागि बन्द गरिएको शिक्षिका भण्डारीले बताइन् । 

केही महिनायता सक्रिय संक्रमित शून्य रहेको बैतडीमा अहिले ४ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना भाइरसको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १८:२१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया