माध्यमिक शिक्षाको लब्धांकपत्र र प्रमाणपत्र विद्यालयबाटै पाइने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षाको लब्धांकपत्र र प्रमाणपत्र विद्यालयबाटै वितरण गर्ने निर्णय गरेको छ । 

बोर्डले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित विद्यालयबाटै शैक्षिक प्रमाणपत्र लिने व्यवस्था मिलाएको हो ।

यसअघि कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डसम्म पुगेर प्रमाणपत्र लिनुपर्ने बाध्यता थियो । बोर्डका अनुसार, यो वर्ष विद्यार्थीले आफूले अध्ययन गरेकै विद्यालयबाट शैक्षिक प्रमाणपत्र लिन सक्नेछन् । 

महामारीका कारण विद्यार्थीले आफू पढेको विद्यालयबाटै प्रमाणपत्र लिन सक्नेछन् । यो वर्ष बोर्डले सम्बन्धित विद्यालयमै शैक्षिक प्रमाणपत्र पठाउने बताएको छ । 

बोर्डले गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा मंसिर १७ गते प्रकाशित गरेको थियो । 





  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार २०:२९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया