बझाङका चारसहित सुदूरपश्चिमका २० स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले  बझाङका ४ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । जसमा बझाङका थलारा गाँउपालिका, बित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिका गरी ४ स्थानीय तह रहेका छन् । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले २०७८ साल माघ मसान्तसम्म लागू हुने गरी ती स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । स्थानीय तह बाढी, पहिरोलगायतबाट प्रभावित भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । 

यस्तै, बझाङसहित सुदूरपश्चिमका २० सहित ३३ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । डडेल्धुराका नवदुर्गा गाउँपालिका, अमरगढी गाउँपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र परशुराम गाउँपालिका गरी ५ स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । 

डोटीका ५ स्थानीय तहमा दीपायल सिलगढी नगरपालिका, केआइसिंह गाउँपालिका, आदर्श गाउँपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिका रहेका छन् ।
 
यस्तै, बाजुराका २ स्थानीय तहमा हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिका, बैतडीका दुई स्थानीय तहमा सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका, दार्चुलाका दुई स्थानीय तहमा दुहु गाउँपालिका र अपिहिमाल गाउँपालिका छन्।

ती स्थानीय तह बाढी, पहिरोलगायत विपदबाट प्रभावित भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।  

उनका अनुसार ती स्थानीय तहमा क्षतिको पुनःनिर्माण तथा पुनःस्थापनाको काम, घर तथा सडक तथा विद्यालय निर्माणको काम गरिनेछ ।





  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार २०:३४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया