चाक्सीबारी बैठकमा शशांकको प्रस्ताव : हामी मिलौँ, रामचन्द्रलाई उम्मेदवार बनाऊँ

नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउने पक्षमा पनि छलफल भएको छ ।

मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकले साझा उम्मेदवार तय नगरे पनि वरिष्ठ नेता पौडेलले उठाउने विषयमा छलफल भएको हो ।

बैठकमा महामन्त्री शशांक कोइरालाले नेता पौडेललाई साझा उम्मेदवार बनाउन प्रस्ताव गरेको एक नेताले बताए । बैठकमा महामन्त्री कोइरालाको प्रस्ताव थियो, 'हामी मिलौँ, रामचन्द्र दाइलाई उम्मेदवार बनाऊँ।'

उनले नेता पौडेललाई साझा उम्मेदवार उठाउँदा आफू त्याग गर्न तयार रहेको बताएका थिए । उनले चाक्सीबारी बैठकबाट बाहिँदै गर्दा पनि आफू नेता पौडेलका लागि दाबी छोड्न तयार रहेको बताएका थिए ।

कांग्रेस संस्थापन इतर पक्षमा सभापतिको आकांक्षी धेरै हुँदा पनि व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । पौडेल समूहबाट सभापतिको आकांक्षीमा पौडेलसहित, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला छन् ।





  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार २०:५९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया