हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली छ ।
दिउँसो प्रदेश-१ मा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश-१ को पहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति प्रदेश-१ र २ मा आंशिकदेखि सामान्य बदली रहनेछ ।
बिहीबार दिउँसो प्रदेश १ मा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू-भागमा पनि बदली रहनेछ । बिहीबार राति प्रदेश-१ र २ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
'देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ,' महाशाखाले भनेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।