स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा विजयी भएकाे छ ।
गए राति सम्पन्न भएकाे समूह चरणको अन्तिम खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई २-० ले पराजित गर्याे ।
रियलको जितमा टोनी क्रुस र मार्कुस एसेन्सियोले एक-एक गोल गरे । इन्टरका बरेलाले रेड कार्ड पाए ।
खेलको १७औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । ६४औं मिनेटमा बरेलाले रेड कार्ड पाएपछि इन्टर १० खेलाडीमा सीमित भयाे । ७९औं मिनेटमा एसेन्सियोले गोल गरी मड्रिडलाई जित दिलाए ।
खेलमा जित हासिल गरेसँगै समूह डीको विजेता मड्रिड नकआउट चरणमा पुगेकाे छ। । उसले ६ खेलमा १५ अंक जोड्यो ।
इन्टर पनि समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । उसले ६ खेलमा १० अंक जोड्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।