\


दूरसञ्चार प्राधिकरणमा प्रबन्ध निर्देशकका लागि दरखास्त आह्वान
फरकधार / २२ मंसिर, २०७८
यो सामग्री सेयर गर्नुहोस्

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणकाे प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी विज्ञापन आह्वान गरेको हो ।

३५ वर्ष पूरा भई ५६ वर्ष ननाघेका तथा मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङमध्ये कुनै विषयमा स्नाकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ ।

प्रबन्ध निर्देशकका लागि नेपाल दूरसञ्चार कम्पनी वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायको व्यवस्थापकीय पदमा तीन वर्षदेखि १२ वर्षको कार्यअनुभव भएको हुनुपर्ने छ । ७ पुसभित्र आवेदन दिन सकिनेछ ।





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार ८:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया